


मकवानपुरगढी गाउँपालिकामा फुट्सल प्रतियोगिताको आयोजना हुने भएको छ ।
बुधाबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सक्रिय रहेको जेसिआई मकवानपुरगढी (प्रस्तावित) को आयोजनामा फुट्सल प्रतियोगिता हुन लागेको जानकारी गराइएको हो ।
सोही जानकारी अनुसार आगामी भदौ १५ र १६ प्रतियोगिता हुने छ ।
अनुमानित प्रतियोगितामा ९ लाख लागतको अनुमान गरिएको र स्थानीय तह, दर्ताशुल्क र विभिन्न सहयोगीहरुको साथबाट कार्यक्रम गरिने भएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा बिजेताले एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने जेसीआईका अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
उनले बताए अनुसार उक्त कार्यक्रमको संयोजक विजय पुडासैनी रहेका छन् भनेप्रतियोगितामा देशभरबाट ३० समुह सहभागी हुने अनुमान गरिएको छ ।
त्यसमा २४ वटाले समुह दर्ता भइसकेको र प्रतियोगितामा नेपाल जेसीआईको सदस्यता भएका सदस्य समुहले पनि भाग लिन पाउने छन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै खेलकुदको विकास गराउने उद्देश्यले फुट्सल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष पुडासैनीले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्