जानकी टेक्नोलोजीले एसएमएस सेवामार्फत नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन एक–एक पाइला फाउन्डेसनसँग सहकार्य गरेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजीले उक्त सम्झौता गरेको जनाएको हो।

सम्झौताअनुसार जानकी टेक्नोलोजीले स्प्यारो एसएमएसमार्फत विभिन्न माध्यमबाट सर्वसाधारणमा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्धन गर्न एक–एक पाइलासँग सहकार्य गर्नेछ।

सम्झौतामा एक–एक पाइला फाउन्डेसनका संस्थापक सुमनशम्शेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले हस्ताक्षर गरेका छन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो