। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ ।

राजधानीको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्ने पार्टी अध्यक्ष उपेन्द्र यादवका प्रेश संयोजक महेश चौरासियाले बताउनुभयो ।

बैठकको पहिलो दिन स्थानीय निकाय चुनावको पार्टी निर्देशिका सम्बन्धि प्रतिवेदन प्रस्तुत भई त्यसमाथि छलफल हुनेछ ।

मुख्यतः, समसामयिक राजनीतिक प्रस्ताव र पार्टीको आन्तरिक मामिलाको समीक्षामा छलफल केन्द्रीत हुने बताइएको छ ।

केन्द्रीय बैठक फाल्गुन २९ र ३० गतेका लागि आह्वान गरिएको थियो । हिजो शनिबार जसपाको केन्द्रीय परिषद्को बैठक सम्पन्न भएको थियो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो