रोशन दिप- नेपाली काङ्ग्रेस मकवानपुरका सभापति उम्मेदवार जयराम लामिछानेले भीमफेदी गाउँपालिका वडा नम्वर ५मा खानेपानीको लागि पाइप सहयोग गरेका छन् ।

खानेपानीको पाइप फुटेर गाउँबासीले पानी खान नपाईएको गुनासो गरेको जानकारी पाएपछि १ हजार ५ सय मिटर खानेपानी पाइप सहयोग गरेका हुन् ।

जनताको सुख दुःखमा साथ दिन र जनमैत्री पार्टी निर्माणमा जुट्न भन्दै चुनावी मैदानमा आएका लामिछानेले एक कार्यक्रमका विच खानेपानी पाइप स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।

मानिसको लागि अतिआवश्यक पिउने पानी भएका कारण पानी पिउनबाट बन्चित नहुन भन्ने धाराणले सहयोग गरेको  बताए ।

नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ५ का उपसभापति सिंहबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।