रोशन दिप – मकवानपुरको जेन–जी समितिले शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजना हुने सबै प्रकारका सर्वदलीय छलफल तथा बैठकहरूमा जेन–जीका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने माग गरेको छ ।

जेन–जी आन्दोलनबाट उठिरहेका मागहरूलाई सम्बोधन गर्न सरकारले प्रभावकारी नीति निर्माण गर्नु अत्यावश्यक रहेकोले युवापुस्ताको प्रत्यक्ष सहभागिता र धारणा सरकारी छलफल प्रक्रियामा समावेश हुनुपर्ने भन्दै संघका अध्यक्ष सुविन खत्रीद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुभाएको हो ।

पत्र लिँदै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लामा सञ्चालन हुने जनसरोकारको हरेक विषयमा जेन–जीका प्रतिनिधिलाई सहभागी गराउने बताए ।

पत्र बुझाउन संघका अध्यक्ष सुविन खत्री सहित संघका पदाअधिकारी जिल्ला प्रशासन पुगेका हुन् ।