नेपाल कम्युनिस्ट पार्टी विप्लब मकवानपुर लगायतले एमसिसी सम्झौता , पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महंगीको विरुद्ध भन्दै हेटौँडामा बिरोध प्रर्दशन गरेका छन् ।

विप्लब नेतृत्वकोसहित एमसिसी सम्झौता , पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महंगीको विरुद्ध मंगलबार र्याली सहित बिभिन्न नाराबाजी गर्दै  नगर परिक्रमा गरेका थिए ।

जिल्ला सेक्रेटरी वाटर , नेकपा ( क्रान्तिकारी माओवादी ) को तर्फबाट जिल्ला इन्चार्ज सागर उप्रेती , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट जिल्ला इन्चार्ज गणेश रसाइली , जिल्ला स केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन चिव यदु कुमार बिक , जात व्यवस्था उन्मुलन मोर्चाको केन्द्रिय सदस्य सुदिप गहतराज , राष्ट्रिय जनमोर्चाको जिल्ला इन्चार्ज रामहरी धिताल सहित र्याली हेटौँडा को सिमाचोक पुगेर कोणसभा परिणत भएको थियो ।

यसै विच केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले एमसिसि मार्फत अमेरिकाले देशको स्वाभिमान माथि हस्तक्षेप गरिरहेको बताए छन् ।

उनले अब देश बचाउनकालागि देशका नागरिहरु सडकमा उत्रनु पर्ने बेला आएको बताउदै सांकेतिक आन्दोलनको लागि थोरै संख्यामा सडकमा आएको र एमसिसी खारेज नभएमा आन्दोलनको संख्या पनि बढ्ने र आन्दोलनको रुपपनि कडा गरिने बताए ।

यस विषयमा बिरोध प्रदर्सन गर्ने निर्णय सुनाउदै आगामी दिनमा राष्ट्रियता , जनतन्त्र र जनजीविकाको मुद्दामा सहकार्य गर्दै अगाडि बढ्ने नयनले बताए ।
उनले यो एमसिसी खारेजी नगर्नेे र स्वाभिमानी जनताको आग्रह स्वीकार नभएमा जनताको आवाज ज्वालमुखिमा परिर्णत हुने चेतावानी दिए ।

 

के के भने त नयनले हेर्नुहोस् भिडियोमा ।।