प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस स्थानीय तह चुनावका लागि एकमहिने विशेष अभियानसहित निर्वाचनमा होमिएको छ । कांग्रेस ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारासहित स्थानीय तह निर्वाचनमा होमिएको हो । २९ फागुनबाट २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।

७ सय ५३ वटै पालिकामा २९ फागुनदेखि एकमहिने अभियान

सरकारले आगागी ३० वैशाखका लागि स्थानीय तह निर्वाचन मिति तय गरिसकेको छ । अभियानका लागि कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि तोकेको छ । यस्तै तोकिएका प्रतिनिधि ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन विशेष अभियानमा जानेछन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय सदस्यले कमान्डरका रूपमा अभियान नेतृत्व गर्ने र प्रदेश, जिल्ला र क्षेत्रले अभियान सहजीकरण तथा व्यवस्थापन गर्दै सशक्त रूपमा अघि बढाउने जानकारी दिए ।

‘केन्द्रीय सदस्य कमान्डर तोकेर अभियानमा खटाइन्छ, प्रदेश, जिल्ला र क्षेत्रका नेता पनि निर्वाचनलक्षित अभियानमा सशक्त ढंगबाट माहोल बनाउने गरी खट्नुहुन्छ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने, ‘यो अभियानमार्फत कांग्रेस जनताको घरघरमा पुग्नेछ ।’ उनका अनुसार ‘कुन जिल्लाको कमान्डर को हुने ? भन्ने’bout आज बुधबार आधिकारिक जानकारी गराइँदै छ ।

जिल्ला खटिने केन्द्रीय प्रतिनिधिलाई मंगलबार ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् । देउवाले स्थानीय चुनाव प्रभावकारी बनाउन र पार्टी उम्मेदवार जित्नेगरी तयारी गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् । सत्तारूढ गठबन्धनमा रहेका दललाई गालीगलौज नगर्न र आरोप–प्रत्यारोपमा नउत्रन समेत उनले निर्देशन दिएका छन् । अभियानका लागि खटाइने केन्द्रीय प्रतिनिधि २७ फागुनभित्र जिल्ला पुगिसक्ने छन् ।

ती केन्द्रीय प्रतिनिधिले मतदातालाई पार्टीका पक्षमा मतदान गर्न अपील गर्नेदेखि एमसीसी’bout भ्रम चिर्नेसम्मको काम गर्ने कांग्रेसले जनाएको छ । अभियानमार्फत कांग्रेसले संगठन सुदृढीकरण गर्दै हालसम्म आफ्नो सरकारका पालामा गरेका काम, राजनीतिक र आर्थिक गतिविधि’bout अभियानमार्फत मतदातालाई जानकारी दिने तयारी गरेको हो ।

त्यस्तै, अभियानमार्फत कांग्रेसले स्थानीय तहका वडा तथा टोलमा रहेका आफ्ना नेता–कार्यकर्तालाई निर्वाचन केन्द्रित गर्ने र अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि प्रवेश गराउने लक्ष्य राखेको छ । कांग्रेसका क्रियाशील सदस्य मात्रै देशभर गरी हालसम्म ९ लाखभन्दा बढी छन् ।

यो समाचार राजधानिबाट साभार गरिएके हो