टाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनको दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचार क्रममा  गए राति निधन भएको थियो। उनी मृतक राई अपांग थिए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो