जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जिल्लामा लागूऔषध उत्पादन, बिक्रि वितरण र सेवनकर्ता भएको भन्ने अधिक सुनिदै आएकाले न्युनिकरणको लक्ष्य राखेको बताएका छन्।
मकवानपुर आए लगत्तै विहिबार पत्रकारसंग भेटघाट गर्दै आफुले गर्ने काम कर्वाहीका क्रममा जनतालाई सुशासनको प्रत्याभुति दिलाउने प्रतिबद्ध जनाएका छन् ।
पत्रकारहरुको सुभावमा अबैध रुपमा संचालित उधोगधन्दाहरुको अनुगमन गरि कानुन विपरित पाइएमाकार्वाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए । नागरिकहरुलाई परेका समस्या र  जनगुनासोलाई सम्बोधन हुनेगरी काम गर्ने उनको भनाइ छ ।
पत्रकार भेटघाटमा प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पुर्बअध्यक्ष प्रताप बिष्ट संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।