चर्चित रक गायक तथा नेपाली चलचित्रका चर्तित अभिनेता रोविन तामाङको निधन भएको छ ।

नेपाली नेपाली चलचित्रमा नकारात्मक भूमिकामा सर्वाधिक चर्चा बटुलेका अभिनेता रोविनको  मंगलबार निधन भएको हो।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा सिंगापुरमा जन्मिएका तामाङले सिंगापुरमै अध्ययन गरेका थिए ।

बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित हुदै सन १९८० मा टोरन्टोको हम्बर कलेजमा अध्यन गरिहेका थिए ।

सन् १९९६ मा नेपाल आएपछि उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत चर्चित भएका छन् ।

गितसंगै ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

विशेषगरी उनी भिलेनको भूमिकामा देखिएर हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा भिलेनको भूमिकामा अभिनय गरेका छन्।

यतिबेला पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

चलचित्रको अभिनयमा समेत दख्खल रहेका रोविनको निधनको खबरले संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको भन्दै सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।