रोशन दिप – हेटौडा उपमहानगरपालिका भित्र रहेका विभिन्न मुस्लिम संघ संस्थाहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको छ ।
धनुषा जिल्ला कमलामाई नगरपालिका वडा नं ६ स्थित एक मस्जिदमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन शरीफमाथि गरिएको आक्रमणको घटनाप्रति आपत्ती जनाउँद उपमहानगर भित्र रहेका ६ वटा मुस्लिम संघ संस्थाहरु द्वारा हस्ताक्षर गरिएको पत्र सहायक प्रमुख जिल्ला अधिकारीलाई बुभाएको हो ।
ध्यानाकर्षण पत्रमा सो घटनाले धार्मिक द्वेष फैलाउने गतिविधिहरूलाई समयमै नियन्त्रण गर्नु आवश्यक रहेकोले सम्बन्धित निकायसँग तत्काल, निष्पक्ष र पारदर्शी छानबिन गरी संलग्न दोषीहरूलाई प्रचलित कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
भविष्यमा समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतामाथि गम्भीर आघात पुऱ्याउन सक्ने यस्ता घटनाहरू दोहोरिन नदिन धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन सम्बन्धित निकाय गम्भीर बन्नु पर्ने कुरा उल्लेख गरिएको छ ।
मुस्लिम युवासमाज, जामे मस्जिद समिति हेटौडा, अबनकर मस्जिद, बेलाल मस्जिद, कब्रस्तान कमिटि, मदरसा दारुल कुरान लगाएतका विभिन्न मुस्लिम संघ संस्थाहरुले संयुक्त रुपमा ध्यानाकर्षण गराएको हो ।
















प्रतिक्रिया दिनुहोस्