हेटौंडा । चौंथो संस्करणको कमाने प्रिमियर लिग प्रतियोगितामा कमाने लायन्सले दोस्रो जीत दर्ता गरेको छ ।हेटौंडा-८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो दिनको दोस्रो खेलमा कमाने थर्ड आइ समुराई जापानलाई ८ विकेटले पराजित गरेको छ । लिग चरणको २ खेल खेलेको शुभ कंसकार सम्मलित कमाने लायन्सले २ खेलमै जीत निकालेको छ भने कमाने थर्ड आइ जापान पहिलो खेलमा पराजित भएको छ । हिजो शनिबार भएको आफ्नो पहिलो खेलमा कमाने लायन्सले कमाने रोयल्सलाई पराजित गरेको छ । पहिले व्याटिङ गरेको थर्ड आइ जापनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

कमाने थर्ड आइ जापानबाट अहमद राजाले ४८ बलमा ४० रन जोडेका थिए । विशेष विक्रम थापाले १६ बलमा १९ रन र गोकुल चौलागाईंले ७ बलमा १७ रनको मात्र योग्दान दिन सके । बलिङतर्फ कमाने लायन्सबाट शुभ कंसकारले सर्वाधिक ४ विकेट लिएका थिए । अरुण दहालले २ विकेट र समीर चौलागाईंले १ विकेट लिएका थिए । १ सय १४ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको कमाने लायन्सले १० ओभर ५ बलमा २ विकेट गुमाउँदै कमाने थर्ड आइ जापानले दिएको रनको लक्ष्य भेट्टाएको थियो । कमाने लायन्सका लागि शुभ कंसकारलेनै ३६ बलमा सर्वाधिक ७६ रन बनाउँदै अर्ध शतक प्रहार गरेका थिए ।

विकास ड्ङ्गोलले ११ बलमा १३ रन र समीर चौलागाईंले १४ बलमा ११ रनको मात्र योग्दान दिन सफल भएका थिए । बलिङ तर्फ अहमद राजाले मात्र २ विकेट लिएका थिए । दोस्रो दिनको खेलको म्यान अफ द म्याच पनि शुभ कंसकारनै घोषित भएका छन् । लिग चरणको २ खेलमा २ जित निकालेको कमाने लायन्स तालिकाको शीर्ष स्थानमा रहेको छ भने २ खेलमा १ जीत १ हार व्यवहोरेको कमाने एक्स्पर्ट भिजन २ अक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लिग चरणको १ खेल खेलेर जीत निकालेको कमाने इप्लानेट ब्लास्टर २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५/५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी