
नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडा ४ स्थित नारायणी मलमा रहेको होटल सामनामा आयोजित एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगितामा २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले मेडल ट्रफि संगै नगद एकलाख पचिस हजार पुरस्कार राशी हात पार्न सफल भएका हुन् ।
८५ जनाको सहभागी रहेको खेलमा आइताबार खेलको अन्मि दिनमा उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाएर खेलको पहिलो भए ।
खेलमै उनलाई पछ्याउदै प्रतियोगितामा ७.७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिन भएर नगद ७५ हजार र भारतका एफएम अरबिन्दर प्रित सिं तेस्रो स्थानमा पुगेर ४० नगद चालीस हजार जित्न सफल भए ।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षता बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतथ्यतामा पुरस्कार वितरण गर्दै प्रतियोगिता कार्यक्रमलाई समापन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्