


रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा बिहीबार जारी प्रथम समाज कलयाण कप फुटबल खेलमा एफसि सप्तरङगी युवा क्लब र नमोबुद्ध एफसि विजयी भएका छन्।
वडा नं १४ मयुरधाप स्थित कालापानी मैदानमा पहिलो खेल सम्पन्न भएको छ जसमा सडन डेथमा नवसप्तरङगी युवा क्लबले वाइट टाइगर एफसिलाई १–० गोलको अन्तरले हराएको थियो ।
दोस्रो खेलमा नमोबुद्ध एफसिले युफि युनाइटेडलाई टाइब्रेकरमा ५–४ गोलको अन्तरले हराउदै विजयी भएको छ जसमा खेलको म्यान अफ द म्याच नवसप्तरङगी युवा क्लबबाट निश्चल थिङ र युफि युनाइटेडबाट सितल मोक्तान घोषीत भएका छन्।
त्यस्तै शुक्रबार हुने पहिलो खेल गोल्पिन्टार युथ क्लब र चुरेकालिका युथ क्लब बिच दिउँसो २ः०० बजे हुने छ भने दोस्रो खेल सगरमाथा युथ क्लब र चौकीटोल युवा क्लब बिच अपराहन्न ४ः००बजे हुने छ ।
खेलका आयोजक हेटौंडा उपमहानगरपालिका १४ नं. वडा बाल सन्जालका अध्यक्ष सस्मीत ढकाल ( अरिस ) ले जानकारी दिनुभयो ।ढकाल अरिसबाट प्राप्त जानकारी अनुसार अनुमानीत १ लाख ५० हजार रुपैया प्रतियोगिता आयोजनाका लागि खर्च हुन सक्ने र १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगितामा विजयी भएका टिमलाई रु ३० हजार उप–विजेतालाई रु१५ हजार रुपैया सहित सिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्