रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिने हलले असोज १२ गते शुक्रबार देखी दुई हिन्दी चलचित्र चन्द्रमुखी २ र फुक्रे ३ तथा एक नेपाली चलचित्र ‘नांगो गाउँ’ एकैसाथ प्रदर्शन हुदै छन् ।

कंगना रनावत स्टारर हरर, कमेडी ड्रामा बिहीबार नै नेपालमा रिलिज भएको थियो । यो फिल्मको लम्बाइ १५७ मिनेट तय छ । यो फिल्म डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डरबाट पीडित महिलाको वरिपरि घुम्छ, जसले उनको परिवारलाई असर गर्छ र एक मनोचिकित्सक जसले आफ्नो जीवनलाई खतरामा राखेर केस समाधान गर्ने योजना बनाउँछ ।

 

मृगदीप सिंह लाम्बा निर्देशित ‘फुक्रे ३’ लाई कमेडी ड्रामा जनरामा राखिएको छ । अल फजल, पंकज त्रिपाठी र फरहान अख्तरको अभिनय रहेको यो फिल्म एक विनाशकारी र हास्यास्पद परिस्थितिको सामना गर्ने साथीहरुको कथा पेश गर्छ । यो फिल्मको लम्बाइ १५० मिनेट छ ।

 

एनएस सिने हलले जनप्रतिनिधिहरुलाई चलचित्र ‘नांगो गाउँ’ निशुल्क रुपमा देखाइ रहेको छ । हल संचालक नवराज आचार्यका अनुसार हालको समयमा चलिरहेको शिक्षक आन्दोलन जस्तै हुबहु प्रसङ्ग चलचित्रले समेटेको छ ।

उनी भन्छन् ,”हाम्रो चुनावमा गलत मतदानको परिणामले कस्तो खाल्को खराब असर पर्न सक्छ भन्ने विषयमा गहिरीएर सोच्न बाध्य बनाउने तथा सचेत गराउने खालको कथावस्तु समेटेको कारण एनएस सिनेमा हलले जनप्रतिनिधिलाई निशुल्क चलचित्र देखाएको हो” ।

दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

अब यी ३ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।