
रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा असार २८ गते शुक्रबार देखि दुई हिन्दी र एक नेपाली मुवी रिलिज हुदैछ ।
दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘घरज्वाइँ’मा ‘नेपाली समाजमा भए–गरेका यथार्थ कुरालाई चरित्र चित्रण गरिएको छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
दक्षिण भारतीय लेजेण्ड कमल हसन स्टारर फिल्म ‘इन्डियन २’ को निर्देशक हुन् एस शंकर । फिल्म एक्सनप्याक दृश्यले भरिपूर्ण छ । फिल्ममा हसनले एक स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन् । यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हो, जसलाई हिन्दीमा ‘हिन्दुस्तानी’ नाम राखिएको छ । फिल्ममा सिद्धार्थ, रकुल प्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक। कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हा लगायतले अभिनय गरेका छन् । लाइका प्रोडक्सन र रेड जाइन्ट मुभिजले निर्माण गरेको फिल्म हो ।
बलिउड अभिनेता अक्षय कुमार फिल्म सरफिरा दक्षिण भारतीय अभिनेता सूर्याको फिल्म सोरारई पोटरू को हिन्दी रिमेक हो। तमिल भाषाको यस फिल्मलाई सुधा कोंगरा प्रसादले निर्देशन गरेका थिए। हिन्दी भाषाको फिल्मलाई पनि उनले नै निर्देशन गरेका छन्। फिल्ममा अक्षयसँगै राधिका मदान र परेश रावलको अभिनय छ।
अब यी तिन मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्