रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा साउन १८ गते शुक्रबार देखि चार मुवी रिलिज हुँदैछ ।

निरज पाण्डेको डाइरेक्सनमा बनेको अजय देवगन र तब्बु स्टारर रोमांटिक ड्रामा मुवी औरों में कहां दम था बलिउड मुवी हो ।

 

हलिउड सुपरहिरो मुवी ‘डेडपुल’को तेस्रो श्रृंखला ‘डेडपुल एण्ड उल्भरिन’को मार्वल सिनेम्याटिक युनिभर्स एमसीयू सेट गरिएको श्रृंखलाको पहिलो मुवी हो । दुई सुपरहिरो डेडपुल र उल्भरिनबीच शक्ति संघर्ष देख्न सकिन्छ ।

रेयान रेनोल्ड्सले डेडपुल र ह्युज ज्याकम्यानले उल्भरिनको भुमीका निर्वाह गरेका छन् । यसपटक दर्शकले उल्भरिनलाई एमसीयूमा देख्न पाउनेछन् ।डेडपुल २’ रिलिजको झण्डै ६ वर्षपछि ‘डेडपुल एण्ड उल्भरिन’ प्रदर्शन हुन लागेको हो ।

 

मोदीबेनीमा लास हिड्छ भन्ने एक समुदायको कथन छ । सोहीकारण उनीहरुले घाटमा लागेर शबलाई कात्रोसहित ढुँगाले थिचेर राख्दा रहेछन् । पछि बाढी आएपछि त्यो कुहिएको तथा सुकेको लासलाई बगाईँदो रहेछ । शुक्रबारबाट रिलिज हुने चलचित्र मोदीबेनीमा यो कल्चरलाई केही मात्रामा समेटिएको छ । तर शबलाई ढुँगाले थिचेर महिनौ राख्ने कुप्रथालाई आफुहरुले चलचित्रमा स्थान नदिएको निर्माता दिलिप केसीले बताए ।

मोदीबेनीमा लास हिड्छ भन्ने एक समुदायको कथन समेटिएको छ । चलचित्रलाई शंकर कोइरालाको निर्देशन रहेको छ । निर्माता दिलिप केसी रहेको वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाललगायतको अभिनय छ ।

 

कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’मा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।

नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकाले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ।

अब  मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।