मकवानपुर ईलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापा बागमती प्रदेशमा पौष महिनाकोलागि सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन दरबन्दी भई प्रहरीको निति अनुसार काम कार्वाही गरेका नि।िक्षक थापालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् ।

नेपाल प्रहरीमा सुम्पिएको जिम्मेवारीलाई लगनशिल, अनुशासित एवं उत्कृष्ट ढंगबाट सम्पादन गर्दै काम गरेको भन्द बागमती प्रहरी प्रमुख डि आइ जी प्रकाशजङ्ग कार्कीद्धरा हस्ताक्षर गरिएको पत्रसहित निरिक्षक थापालाइ सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरिएको छ ।

 

उत्कृष्ट कार्यको विवरण

 

  • नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन दरबन्दी भई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत (कम्प्यूटर कोड-३१३५०६, संकेत नं. C-००१२४९४७) प्रहरी निरीक्षक प्रकाश थापाले आफुलाई सुम्पिएको जिम्मेवारी लगनशिल, अनुशासित एवं उत्कृष्ट ढंगबाट सम्पादन गर्दै २०७८ साल पौष महिनामा ३०८.१०० किलोग्राम अबैध लागु औषध गाँजा र २०.५०० किलोग्राम चरेश सहित ७ जना अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको, मिति २०७४।०९।०३ गते आफ्नै सहोदर भाईलाई दाउराको चिर्पटले प्रहार गरी कर्तव्य गरी हत्या गर्ने जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं ६ बस्ने बर्ष ३३ को बट्टाई भन्ने समिर परियारलाई तत्काल पक्राउ गर्न सफल भएको, आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुव्यवस्था कायम राख्दै नदिजन्य पदार्थको उत्खनन कार्यलाई नियन्त्रण गर्ने तथा राजमार्गमा हुने विभिन्न किसिमको सवारी दुर्घटना, यातायात अवरुद्ध तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय निकायसंग आवश्यक समन्वय गरी प्रहरी चौकी सुनाचुरी मकवानपुरको नयाँ भवन निर्माण कार्य शुरु गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निज प्रहरी निरीक्षक प्रकाश थापालाई यस कार्यालयबाट २०७८ साल पौष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषणा गरिएको छ