


हामीलाई स्कुल, कलेजका किताबमा पढाइन्छ–सिकाइन्छ स् नेपाल सुन्दर, शान्त र विशाल छ । नेपाल कसका लागि सुन्दर छ, शान्त छ र विशाल छ रु नेपालमा त मुलुकी ऐन नै लेखेर छुन हुने र छुन नहुने थिति बसाइएको छ । यो थिति एक–दुई सय वर्षको मात्रै होइन, करिब तीन हजार वर्षको यथार्थ हो । यस्तो जटिल इतिहास र दैनिक जीवनमाथि नयाँ पुस्तासँग कसरी कुरा गर्ने रु
यही विषयमा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका र आलोचनात्मक नागरिक सिर्जनाका पक्षमा आवाज उठाइरहेका त्रिभुवन विश्वविद्यालयका पूर्वभीसी केदारभक्त माथेमासँग लेखक सरिता परियारले कुराकानी गरेकी छन् । परियारले शिक्षा क्षेत्रमा दलित बालबालिकाले भोग्दै आएको अन्तरपुस्ता विभेदलाई केन्द्रमा राखेर ‘उत्सुकता’ बालसाहित्य लेखेकी छन्, जुन भर्खरै प्रकाशित भएको छ । प्रस्तुत छ, ‘उत्सुकता’ किताब प्रकाशित भएको सन्दर्भमा शिक्षाविद् माथेमा र लेखक परियारबीचको संवादको अंश स्
केदारभक्त माथेमा स् ‘उत्सुकता’ पढें । के कारण यस्तो पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो सरिताजी रु
सरिता परियार स् यसपछाडिको प्रि–हिस्ट्री छ । संविधान लेखिँदा दलितहरू आन्दोलित भए । सडकमा आफ्नो हक–अधिकार खोज्न गए । आन्दोलन क्रममा मेरा आफन्त पनि घाइते भए । ६ वर्षकी छोरीले सोधी– मामाको टाउबाट कसरी रगत आयो मामु रु मामाको टाउकामा लागेको चोट र आन्दोलन बुझाउन ‘छोरीलाई जात पढाउँदा’ लेख लेखें । छोरीसँग बात मार्दै जाँदा सोचें, हाम्रो जीवन्त भोगाइ र जटिल इतिहास कसरी नयाँ पुस्तालाई बुझाउने रु आफ्नो मात्र अनुभव नभई मेरी आमा, भाउजू, सासू–आमा र छोरीको इन्टर जेनेरेसनल अनुभवलाई कथामा बुन्ने प्रयास गरें ।
केदारभक्त स् कथा पढ्दा सोचें, अहो १ मान्छेहरूलाई यस्तो पनि हुन्छ र रु यस्तो घटना न्यायपूर्ण छैन भन्न खोज्नुभएको हो रु
सरिता स् पक्कै हो । हाम्रो राजनीतिमा जाततन्त्र छ । ‘संस्कृटाइज्ड पिस्टहुड’ शिक्षा प्रणालीमा छ । जातको अभ्यास नहुने कुनै क्षेत्र छ कि रु भीमराव अम्बेडकर भन्थे, हामीले लिने प्रत्येक श्वासमा जात छ । नेपालको सन्दर्भमा मुलुकी ऐनले कानुनै बनाएर तागाधारी–मतवाली जात बनायो । छोईछिटो हाल्नुपर्नेरनपर्ने भनेर बाँड्यो । यस्तो समाजमा दलित श्रमको, श्रमजीवीको, कलाको सम्मान र न्यायका लागि लेखें । हामीले आफ्नो श्रम र कलामा गर्व गर्नुपर्ने हो, तर हामीचाहिँ लज्जित छौं । यस्तो किन हुन्छ रु दलित श्रमको सम्मान हुने बाल कथाकुथुङ्ग्री बिरलै लेखिएको देखिन्छ । अमेरिकामा कालाहरूको प्रतिरोधको कथा र इतिहास छ, त्यसबारे बाल साहित्य पनि भेटिन्छन् । दक्षिण एसियामा, मूलतः नेपालमा भने जात, श्रम र कलामार्फत प्रतिरोधबारे गम्भीर लेखन देखिँदैन । विशेषगरी बालबालिकाका लागि सोचिएकै छैन, प्रश्न उठाउने साहित्य र कला पाउनै गाह्रो छ ।
केदारभक्त स् यस किताबको दोहोरो भूमिका देख्छु । पहिलो दलित बालबालिकालाई इतिहास चिनाउने । हामी को हौं भनी चिनाउनु असाध्यै महत्त्वपूर्ण छ । शिक्षा भनेकै आफूलाई चिन्नु हो । आफूले आफैँलाई चिन्दैन भने केको शिक्षा रु
आफ्नो पनि गौरवशाली इतिहास छ, सीप छ, कौशल छ, कला छ भन्ने बुझाउनुपर्छ । जापानमा माटोमा काम गर्ने, आइरन लगाउने, लुगाको काम गर्नेहरूको ठूलो कदर छ । माटोका भाडा बहुमूल्य छन्, कति त किन्नै सक्दैनौं । अझ राम्रो गर्नेलाई उपाधि पनि दिइन्छ । हाम्रोमा पनि श्रम र कलालाई सम्मान गर्ने कल्चर बनाउनुपर्छ । यही कुरा दलित बालबालिकालाई मात्रै होइन, गैरदलित बालबालिकालाई पनि सिकाउनुपर्छ । गैरदलितले पनि बुझ्नुपर्यो— जे भइरहेको छ, सही नसक्नुको छ । अहो १ यतिका वर्षसम्म कसरी सहिरह्यौं । आधुनिक नेपालमा पनि यस्तो किन भइरहेको छ रु यो त असह्य भयो भन्ने केटाकेटी गैरदलितबाट पनि आउनुपर्यो ।
एउटा आलोचनाको कुरा भनौं । शेक्सपियरको नाटकमा किङ लियर भन्ने बुढा राजा हुन्छ । छोरीहरूले उनको सम्पत्ति लान्छन् । वास्ता गर्दैनन् । बूढाको दुर्दशा हुन्छ, बिचरा मर्छ । किङ लियर पढ्दा उसले जितोस् भन्ने, सुखान्त होस् भन्ने लाग्थ्यो । यहाँको कथा सुखान्त भएको भए ठूलो सम्पत्तिका रूपमा आशा ९होप० कायम रहन्थ्यो । हामी त आशा बचाइराख्न संघर्ष गर्दै छौं, लड्दै छौं । त्यसैले समाज परिवर्तन हुँदै छ ।
सरिता स् उत्सुकता नाम र उसको काम आफैँमा आशाको किरण हो । दलित महिलाले जसरी संघर्ष गर्दै छन्, त्यसले आशा जगाउँछ । मेरी सासूआमाले सयौं गैरदलितको घरमा गएर लुगा सिउनुभयो । लम्पट सिउँदै आमाले धेरै कथा भन्नुभयो, सुनाउनुभयो । पछिल्लो पुस्तामा
आफ्ना कला, ज्ञान र सीप बाँड्नुभयो । दमाईहरूको भाषा र शब्दावली भनेकै सियो र धागो हो । त्यस्तै, बादी र गन्धर्व महिलाहरूले मादल, सारङ्गी बजाउँदै, गीत गाउँदै आफ्नो जीवन्त कथा भन्नु उनीहरूको कला र शिल्प हो । उत्सुकता आमाबुबाले सिएको कपडा अरूका घरमा पुर्याउँदै, सिउन सघाउँदै, नाच्दै भोगेको अनुभव उनेरै कथा भन्दै छिन् । यसरी दलितहरू दक्षिण एसियामा आफ्नो भाषा खोज्दै छन् । आफ्नै शब्द र प्रतीक ल्याउँदै छन् ।
केदारभक्त स् उत्सुकताहरूले बाँचेको जीवन र कथाबारे हामी धेरै सचेत छैनौं । एउटै सुर–तालको कथा लेख्ने र पढ्ने बानी छ । शिक्षामा, पाठ्यक्रममा पनि प्राथमिकतामै राखिँदैन । यसबारे केही पनि एक्सन गरिँदैन । विचार र सोचाइको स्तरमै समस्या छ । यसलाई फेर्न सोचविचार गर्नु र काम गर्नु जरुरी छ । सरकारले पश्चिमी लिखित पाठ्यक्रम दिएको छ, तर अर्को ‘हिडन करिकुलम’ चाहिँ लागू भइरहेको हुन्छ । हेडमास्टर, हेडमिस र सर–मिसहरूले व्यवहार गर्ने नीति भनेकै त्यही गोप्य पाठ्यक्रम हो । स्कुलमा चलनचल्तीको आफ्नै आचरण हुन्छ । सरकारी
पाठ्यक्रमले भन्छ, नेपाल सुन्दर छ । तर, गोप्य पाठ्यक्रमले भन्छ, नेपालभन्दा अस्ट्रेलिया वा क्यानडा पो राम्रो छ । नेपाली भाषा होइन, अंग्रेजी भाषा पो राम्रो भन्छ ।
पाठ्यक्रम विवादास्पद विषय हो । सानो ठाउँमा सबै अटाउनुपर्छ । स्वास्थ्य, वातावरण, कृषिजस्तै सबै कुरा अट्नुपर्छ । कुनलाई प्राथमिकता दिने,
पाठ्यक्रम बनाउनेहरूले जान्नुपर्छ । स्कुलको पाठ्यक्रम अत्यन्तै महत्त्वपूर्ण हुन्छ । पाउलो फ्रेरे भन्छन्– शिक्षा सधैं राजनीतिक हुन्छ, कहिल्यै तटस्थ हुँदैन । यो कसरी निर्माण गरिन्छ, कसले निर्माण गर्छ, त्यसले पुस्तौंपुस्तालाई प्रभाव पार्छ । सानो पाठ्यपुस्तक लेख्दा त्यति शक्तिशाली कुरा गरिराखेको छु भन्ने थाहै थिएन । त्यसबखत मलाई पाठ्यक्रमका मान्छेहरूले यो विषयमा पनि लेख्नुहोस् है भन्दिएको भए त लेख्थें । अहिले नेपाली, अंग्रेजी र विशेषगरी सोसल स्टडिजमा यस्तो महत्त्वपूर्ण विषय राख्नुस् भनेर माथिबाटै आउनुपर्छ ।
सरिता स् सरले पुस्तौंपुस्तालाई प्रभाव पार्ने पाठ्यक्रमको कुरा ल्याउनुभयो । पाठ्यक्रम बनाउने काम ठूलो राजनीतिक काम हो, त्यसैले सबै कुरा अटाउनुपर्छ । यहाँसँग त्रिभुवन विश्वविद्यालयको भीसी भएको र सरकारका विभिन्न तहलाई सल्लाह दिएको अनुभव छ । तपाईंको दृष्टिकोणमा यो शिक्षा प्रणाली र पाठ्यक्रममा जात देखिन्छ कि देखिँदैन रु जातले भूमिका खेलेजस्तो लाग्छ कि लाग्दैन रु
केदारभक्त स् धेरै वर्ष युनिभर्सिटीमा पढाउन छाडिसकेको थिएँ । एकपटक पाठ्यक्रम विकास केन्द्रमा जाँदा त्यहाँ मिटिङ भइरहेको थियो । ढोका खोलेर हेर्दा त खालि एउटै लिंगका मानिस मात्रै देखें । सबै उच्च जातका पुरुष मात्रै, महिला समेत देखिनँ । अब त उहाँहरूमा पनि विविधताप्रति संवेदनशीलता देखिनुपर्ने हो नि ।
नेपाल हिमालले मात्रै सुन्दर भएको होइन, सबै संस्कृतिका मान्छे भएर राम्रो भएको हो । यही सुन्दरता किताबमा पनि प्रतिविम्बित हुनुपर्छ । म ६ वर्ष बसेको देश जापानमा माथि होक्काइदोदेखि तल ओकिनावासम्म एउटै भाषा बोलिन्छ, संस्कृति पनि उस्तै–उस्तै छ, तर हाम्रोमा एकदमै फरक छ । यसैले नेपाललाई सांस्कृतिक रूपमा धनी बनाएको हो, तर त्यही कुरा पाठ्यक्रममा देखिँदैन । यो कुरामा चाहिँ माथि—माथिका मान्छे संवेदनशील हुनुपर्छ ।
हाम्रो पढाइ कस्तो भयो त रु युनिभर्सिटीतिर खालि लेक्चर दिने काम मात्रै भयो । शिक्षकहरूलाई पनि प्रश्न सोध्ने गरी, चुनौती दिने गरी विद्यार्थीहरूलाई हुर्काइएन । भिन्न दृष्टिकोण र बुझाइराख्न सक्ने, सरको विचार यो होला, तर मेरो विचार यो हो भन्ने स् हाम्रो शिक्षाले यस्तो शक्ति प्रदान गरेन । शिक्षकले जे देखेको छ, त्यसैलाई सहर्ष स्विकारेर जाँचमा लेख्ने, सर वा म्याडमले लेखेको हुबहु सारेर लेख्ने, जसले आफ्नो मौलिक विचार राख्छ, उसले नम्बर नपाउने स् यस्तो शिक्षा बेठीक छ ।
म घरीघरी सोध्ने गर्छु, यहाँ किन नागरिक समाज बलियो भएन रु किनभने विश्वविद्यालयमा जुन खालको पढाइ छ, त्यही भएर । सम्पदा र शिक्षाबारे त्यत्रो खलबली आउँदा त्यहाँबाट आवाज उठ्दैन । यस्ता कमजोरी भएकाले गर्नुपर्ने काम धेरै छन् । त्यसैकारण पनि यस्ता किसिमका भिन्न ढंगबाट लेखिएका कथालाई विद्यालयका करिकुलममा राख्नुपर्छ ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्