हेटौंडा । चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण र जनचेतनाको अभियान क्रियाशिल रहँदै आएका देशभक्त नायक, निर्माता तथा अभियन्ता नवल खड्कालाई दुई दिनमा सम्मान गरिएको छ । भीमदत्त र काँडेतारको योग्दानको उच्च मूल्यांकन गर्दै काठमाडौंको संवाद डब्लीको सभाहलमा एक कार्यक्रमको बीच दुई दिनमै दुई राष्ट्रिय सम्मानबाट सम्मान गरिएको हो । अभियन्ता खड्कालाई काठमाडौंको संवाद बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे र किसान संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका छन् ।

महान् सहिद भीमदत्त पन्तको जीवनसंघर्ष, बलिदान र योगदानलाई चलचित्र ’भीमदत्त’ मार्फत नयाँ पुस्तासम्म पुर्‍याएको तथा उहाँलाई मृत्युपश्चात् सहिदको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको योगदानको उच्च कदर गर्दै अखिल मजदुर किसान महासंघले भीमदत्त स्मृति दिवसका अवसरमा खड्कालाई सम्मान गरेको गरिएको थियो ।

्सम्मान गरेपछि सम्मानित श्रष्टा खड्काले भने–“कि त जोत हलो, कि त छोड थलो। बिना जोती हलो अब हुन्न भलो। जनतालाई रोटी, रोजी, कपडा दे, नत्र गद्दी छोडी दे।“»

यो नारा नभई जनताको अधिकार, सम्मान र न्यायको घोषणापत्र भएको उल्लेख गर्दै भीमदत्त पन्त अन्याय, शोषण र सामन्ती व्यवस्थाविरुद्ध जीवनभर संघर्ष गर्ने महान् जनयोद्धा भएको बताउनुभयो। उहाँले महान् सहिद भीमदत्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका अधुरा सपना पूरा गर्नु नै सच्चा सम्मान हुने धारणा व्यक्त गरे । यसैगरी, देशभक्तिपूर्ण चलचित्र ’काँडेतार’ मार्फत सीमा सुरक्षा, सीमा नियमन तथा नेपाल–भारत सीमामा काँडेतार बार लगाउनुपर्ने विषयलाई राष्ट्रिय बहसका रूपमा स्थापित गर्दै व्यापक जनचेतना फैलाएको योगदानको कदरस्वरूप खड्का ’जनजागरण स्रष्टा सम्मान–२०८३’ बाट पनि सम्मानित भएका हुन् ।

उक्त सम्मान जन सांस्कृतिक महासंघ नेपाल, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र र नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा माननीय सरल सहयात्रीले उक्त सम्मान प्रदान गरिएको थियो ।

लगातार दुई दिनमा प्राप्त यी दुई सम्मानलाई चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण, सीमा सुरक्षा र जनजागरणका क्षेत्रमा नवल खड्काले पुर्‍याएको योगदानप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ ।