अचम्मको गाडी र लागूऔषध सहित  युट्युव कन्टेन्टनका चेतन कार्कीलाई  प्रहरी पक्राउ गरेको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषधसहित युट्युबर पक्राउ परेका छन् ।

बर्दिवासबाट धुलिखेलतर्फ जाँदै गरेकोे अवस्थामा काठमाडौं महानगरपालिका २६ सामाखुसीका २६ वर्षीय चेतनलाई

कार्कीले चलाएको अचम्मको ०१–००३क ९१८२ नं को मिनी ट्रक जाँच गर्दा लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो

कार्कीले लगाएको ट्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरीको भनाई छ ।

प्रहरीको जानकारी अनुसार अचम्मको मिनी ट्रक चेकजाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीको भनाई छ ।गाडीलाई फरक ढङ्गले गाडीभित्रै सुत्न मिल्ने कोठा, किचेन, बाथरुम, भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरि स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

कैलालीमा जन्मेका म्यूजिक प्रोड्यूसर समेत रहेका युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको छ।