बागमती प्रदेशको रानधानी हेटौंडा २ मा रहेको बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्राबल क्लब अफ मकवानपुरको संयोजनमा जेठ १५ गते शनिबार स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा शनिबार स्क्र्याबल खेल कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै विद्यार्थीहरुको क्षमताको अभिवृद्धिमा स्क्र्याबल खेलले सहयोग गर्ने मन्त्री मुक्तानले बताइन् ।

विशेषगरी शब्द ज्ञान बढाउन सकिने भन्दै स्क्र्याबलसम्बन्धी अभिमुखीकरण गरिएको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेका थिए ।
स्क्र्याबल क्लब मकवानपुरका संयोजक बिबश जंग थापा, स्क्राबल क्लब नेपालका संस्थापक अध्यक्ष केशव प्रसाद पराजुली, कोषाध्यक्ष पूर्ण थापा, तालिम संयोजक भोजराज सुवेदी, प्राविधिक संयोजक अर्जुन पाण्डेले स्क्र्याबल खेल गराएका हुन् ।
स्क्र्याबल खेलका संस्थापक केशव प्रसाद पराजुली, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्क्र्याबल खेलमा सहभागी भएको र कास्कीका सक्षम कार्की, अच्युत लामिछाने, बाराका निरञ्जन साह, पूर्वी नवलपरासीका रिसव भण्डारी, चितवनका अर्नव पाण्डे र निराजन पौडेल र मकवानपुरका प्रसिद्ध तिमिल्सनासमनित भएका छन् ।
कार्यक्रममा बालजागृति इंग्लिस सेकेण्डरी स्कूलबाट एसईईमा ४ जीपिए ल्याउन सफल हुने हेटौंडाकी रितिका छत्कुलीलाई पनि सम्मान गरिएको छ । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले छत्कुलीलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरे ।

स्क्र्याबलमा हेटौंडा उपमहानगर, मकवानपुरको मनहरी, बकैया गाउँपालिकाबाट ५६ वटा विद्यालयका २ सय ५० जना विद्यार्थी सहभागी भएका थिए भने हेटौंडा
उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा अभिमुखिकरणको समापन गरिएको हो ।

 

 

 

राजेश गरिब
थप जानकारी