हेटौंडा  / हेटौंडा उपमहानगरपालिका वडा नम्बर -५ स्थित पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले आफ्ना बुबा सुदर्शन घिमिरेको स्मृतिमा युथ फुटबल एकेडेमीका खेलाडीलाई जर्सी  सहित खेल सामग्री हस्तान्तरण गरेका छन् ।
शनिबार बिहान पिप्ले–क्याम्पा रंगशालामा एक कार्यक्रमको आयोजना गर्दै व्यक्तीगत खर्चामा ५० हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन् ।
गएको जेठ २७ गते सम्पन्न क्लबको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेसनमा निर्वाचित भएका अध्यक्ष सुविन घिमिरेको सभाध्यक्षता हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता  ५ नं. वडाका अध्यक्ष सुशील घिमिरेको विशिष्ठ आतिथ्यतामा एकेडेमीमा नियमित प्रशिक्षणमा रहेका १२ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोर खेलाडीहरुलाई सामग्रीमा ३७ थान जर्र्सी सेट, फुटबल ८ थान, स्ल्यालोम पोल ६ थान, कोन मार्कर १सय थान, हर्डल्स १० थान हस्तान्तरण गरिएको हो ।

क्लबको तर्फबाट सधै गर्नुपर्ने र सकारात्मक का मगर्ने र यसका लागि सबै पदाअधिकारीहरुको साथको आवाश्यक रहने र साग मिल्ने विश्वास रहेको अध्यक्ष सुविन घिमिरेले  बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै उपमेयर बानियाँले यस वर्ष समग्र बजेट विनियोजनमा कम भएको र तर, पनि खेलकुदलाई भने प्राथमिकतामा राखिने बताए ।
पिप्ले युवा क्लबको आयोजनामा  राष्ट्रिय फुटबलको आयोजना गर्ने गरी बजेट विनियोजन गरिएको र  क्लबको तर्फबाट आएको सकारात्मक कार्यको प्रस्ताव उपमहानगरको तर्फबाट स्वीकृत हुने प्रतिवद्धता व्यक्त गरे ।

क्लबले हरेक बर्ष दसैंको अवसरमा आयोजना गर्ने टोलस्तरीय खसी गेममा बालबालिकालाई समावेश गराउन आग्रह गर्दै प्रायोजनमा व्यक्तिगत रुपमा आफूले सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा एथलेक्टिस संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डे, सचिव राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो भने क्लबका वरिष्ठ उपाध्यक्ष सुदिप सिंह ठकुरीले कार्यक्रमको सहजीकरण गरेका हुन् ।