नेपाली चलचित्र क्षेत्रमा नायिका केन्द्रित एक्सन फिल्म ‘दान्भी’ आज शुक्रबार देखि प्रर्दशनम आएको छ ।

अभिनेत्री पूजा शर्मा यस चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् ।

‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’ श्रृंखला, फिल्ममा रोमान्टिक र प्रेमीका रुपमा देखने अभिनेत्री पूजाले गरेको फरक काम प्रति दर्शक खुसी हुने संकेत देखिएको छ ।

विगतमा रेखा थापाद्धारा अभिनित चलचित्रमा एक्शन हुने गरेपनि पछिल्लो समय न्युन नै भएको अवस्थामा निर्माण टोलीले एक्शन अवतारमा पुजालाई ल्याएका हुन् ।
रुपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्मालाई एक्सनको भूमिकामा अब्ल देखाउन श्री श्रेष्ठले द्धन्द निर्देशन गरेका हुन् ।

अभिनेत्री पूजासंगै कुन्साङ बोम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

चलचित्र हेर्न दर्शकहरु उत्साहित भएको अनुमान गर्न सकिन्छ । फिल्मले दर्शक पाउनेआँकलन समेत गरिएको छ । देशभरका मल्टीप्लेक्सहरुमा बुकिङ खुलेको छभने फिल्मले समेत शोज राम्रै पाएको छ ।
रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालले संगीत भरेका छन् । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् भने कार्यकारी निर्मातामा पवन राना मगर छन् । बन्दे प्रसादको सम्पादन , कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ भने हरि बहादुर घलेले छायांकन गरेका हुन् ।

यसै विच हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलको शानदार पर्दमा  चलचित्रहरु हेर्न या कुनै जानकारी लिनका लागि संपर्क नम्बर – 057-520949