हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको ४ दिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।
विश्वविद्यालय तहमा प्राध्यापनरत प्राध्यापकहरुका लागि आयोजत शैक्षिक अनुसन्धानमूलक लेख लेखन कार्यशाला सम्पन्न भएको भएको हो ।
डा. शंकरप्रसाद उपाध्यक्ष, डा. लोकराज शर्मा, डा. रामप्रसाद अधिकारी, डा. विजय नेपाल, डा. देवचन्द्र मानन्धर र डा. राजु थापा क्षेत्रीले सहजीकरण गरेको कार्यशालामा सहभागी हरुले कार्यशालामा तयार पारिएका लेखहरु प्रस्तुत गरेका थिए ।
हेटौंडा क्याम्पसको अनुसन्धान इकाईका संयोजक विजय नेपालको सभाध्यक्षता तथा हेटौँडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
उक्त कायक्रममा हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा लगायतको अतिथ्यतारहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी