नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर १० कमिटिको शनिबार सम्पन्न भएको छ ।

कमिटिको अध्यक्ष  राजकुमार थिङ्गको सभाध्यक्षता माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रमलाइ सम्बोधन गर्दै माओवादीले जनतकाकै पक्षमा वकालत गर्दै ०६४ मा सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएको एक मात्र पर्टी रहेको बताए ।
यतिबेला सुशासन र सामाजिक न्याय सहितको सम्बृद्धिको एकसूत्रीय भाष्य निर्माण गरिरहेकोले
मुलुकमा गणतन्त्र स्थापना भैसकेपछी परिवर्तनको सिँढिहरु निर्माण गरेको र समाजवादको आधारहरु अझ बलियो बनायने अभियानमा सबैको साथ आवाश्यक रहेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगर इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, जिल्ला अध्यक्ष भिम पाख्रिन, माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, प्रदेश सदस्य विवेक राई, उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर लगायतको आतिथ्यतारहेको थियो ।

…………………………….

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर १० कमिटिको अध्यक्षमा ज्ञानेन्द्र कार्की चयन भएका छन् ।

शनिबार भएको दोश्रो वडा सम्मेलनले कार्कीको अध्यक्षतामा १९ सदस्यीय कमिटी निर्वाचित गरेको हो।
कमिटिको उपाध्यक्ष गितादेवी यादव, चतुरमान वाईवा,सचिवमा राजेन्द्र श्रेष्ठ सहसचिवमा सानुमैया जोशी र अमरदीप रञ्जितकार, कोषाध्यक्ष सुनिल श्रेष्ठ चयन भएका हुन् ।

त्यस्तै गरि सदस्यहरुमा सदस्यहरुमा गोपी रावल, दिपेन्द्र राना, उदय बहादुर तितुङ्ग, उषा कुँवर, उजिता तितुङ्ग कार्की, आइतामान मुक्ततान, सुशिल कर्मचार्य, दिप बहादुर थिङ्ग, लक्ष्मि बिक, रवाल डिम्डुङ्ग चयन भएका हुन् ।  २ जना कमिटि सदस्य पुनः मनोनित गरिने जनाइएको छ ।