बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन भन्दै बिभिन्न व्यक्ती देखि राजनीतिदलहरुले आवाज उठाइरहेको छन् ।

प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को वैठकले हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेसंगै सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानअन्तर्गतको अस्पतालको रुपमा अगाडि बढाउन विभिन्न ऐन र नियमावली जारी गरी कार्यान्वयनमा गइरहेको छ ।
यसैक्रममा शनिबार अस्पतलालाई प्रतिष्ठान मातहतमा लैजान खोजिनु गलत भएको भन्दै बिभिन्न रानजनीति दलका व्यक्तीत्वहरुले बिरोध गरेका हुन् ।
केही व्यक्ति र संंस्थाको स्वार्थमा हेटौंडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै आपत्ति जनाउदै नाराबाजी सहित बागमती प्रदेश सभाको भवन परिसरमा पुगेका हुन् ।

नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा माओवादी केन्द्रका युवाहरुले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।बागमती प्रदेश सरकारले अस्पताललाई नीजिकरण गर्न खोजेको निर्णय मान्य नहुने भन्दै नारा सहित विरोध प्रदर्शन गरेका थिए। यस्ता गलत निर्णय नसच्याए अस्पतालको अस्तित्व र सम्पत्तिको संरक्षणका लागि संघर्षका कार्यक्रमहरु गरिने बताएका छन् ।