मकवानपुरको बकैया गाउँपालिकाबाट ट्रकमा माटो निकासीका लागि आवश्यक कागजपत्र नभेटिएको भन्दै समातिएका छन् । बकैया गाउँपालिका–४ बाट माटो  निकासी भइरहेको क्रममा निकासीका लागि आवश्यक कागजपत्र नभेटिएपछि हेटौँडा उपमहानगरले शुक्रबार राती १५ वटा ट्रक नियन्त्रणमा लिएको उपमहानगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले बताए ।

अहिले सबै ट्रकहरु हेटौंडा उपमहानगरपालिका अगाडी राखिएको छ ।नियन्त्रणमा लिएर हेर्ने क्रममा माटो खानीजन्य र बहुमूल्य खनिजसहितको भएको अनुमानमा राखिएको छ। माटो बहुमूल्य युरेनियमको खानी समेत भएको हुन सक्ने देखिएको हो ।माटो निकासीको विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज‌ चिलुवालले आवश्यक अनुसन्धान गरिने बताएक छन् ।

रातो समाचार संवाददाता
थप जानकारी