मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको छ ।
संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवन कुमार शाक्यछारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई ध्यानाकर्षण पत्र बुभाएको हो ।
विहिबार ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष पवन कुमार शाक्य सहित संघका पदाअधिकारी व्यसायीहरु जिल्ला प्रशासन पुगेका हुन् ।
नेपाल सरकारबाट आ.व. २०८१ र ०८२ को भन्सार विधेयक मार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको र मुलुक भरका सुनचाँदी पेशा व्यवसायी सँग प्रत्येक्ष रुपमा जोडिएको पत्रमा जनाइएको छ ।

आ–आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्म देखि मृत्यु सम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा निरन्तर रुपमा भन्सार दर वृद्धि भएकोमा ध्यानाकर्षण गराइएको संघका अध्यक्ष शाक्यले बताए ।

………………………………………….

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय
हेटौंडा, मकवानपुर,
महोदय,
विषय : सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी ।
उपरोक्त सम्बनधमा नेपाल सरकारबाट आ।व। २०८१र०८२ को भन्सार विधेयक मार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको यहाँलाई अवगत नै छ । मुलुक भरका सुनचाँदी पेशा व्यवसायी सँग प्रत्येक्ष रुपमा जोडिएको र आ(आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्म देखि मृत्यु सम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा यसरी निरन्तर रुपमा भन्सार दर वृद्धि भएकोमा हामी तिनवटै महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महशुल वृद्वि गरेको थियो । जसका कारण विश्व बजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठीनाई भैरहेको विद्यमान अवस्थामा व्यवसायी संघको कुनै पनि सरसल्लाह विना एकाएक भन्सार दर वृद्धि गरिए पछि सिंगो सुनचाँदी व्यवसायीमा ठुलो समस्या पर्ने अवस्था सिर्जना भएको छ ।
विभिन्न अध्ययन अनुसार नेपालमा २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी प्रत्येक्ष रुपमा यो व्यवसायमा जोडिएका छन् । यो व्यवसायमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा दुइ लाख भन्दा बढी रोजगारीमा आवद्ध छन् । राज्यले यो व्यवसायबाट वर्षेनी अरबौ रुपैया राजस्व समेत प्राप्त गर्दै आईरहेको छ । यो व्यवसाय विश्व बजार र त्यहाँको मुल्य सँग प्रतिस्पर्धामा उत्रन सक्नु पर्ने प्रकृतिको व्यवसाय हो । तर, सरकारले व्यवसायी सँगको सल्लाह र सहमती विना नै एकाएक यसरी वर्षेनी भन्सार दर वृद्धि गर्दै लैजादा नेपालमा अब यो व्यवसाय गर्ने नसक्ने अवस्था आएको छ ।
यद्यपी भारतीय बजारको समेत कुनै पर्वाह नगरी त्यहाँको तुलनामा समेत निकै बढी हुनेगरी यसरी भन्सार दर वृद्धि गरिँदा व्यवसायीले सुनको आयात तथा विक्रि वितरण

चाँदीका गहना आयात गर्दा सो भन्दा कम क्रमशः ६ प्रतिशत र १० प्रतिशत ९ सार्क राष्ट्र भित्र वा बाहिरी राष्ट्र बाट० कायम भएकोले यसले पनि राष्ट्रको लागि भन्सार आय र स्वदेशी
कालीगढको रोजगारीमा बृहत रुपमा नकारात्मक प्रभाव पार्ने भएकोले सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिन्छ । साथै बहुमुल्य वस्तुहरुमा विलासी कर लगाउने व्यवस्था गरिएको छ । अहिलेको अवस्थामा त्यो समेत समय सान्दर्भिक नभएको ठहर छ ।
यसर्थ भंसार महसुल विधेयक २०८१ मार्फत भन्सार दरमा भएको वृद्विलाई तत्काल सुधार गरी देशभरका सुनचाँदी व्यवसायीहरु व्यवसायबाट नै प्रतिस्थापन हुनबाट रोक्न हामी जोडदार माग गर्दछौं । व्यवसायीको मागलाई गम्भीर रुपमा नलिई आम व्यवसायीको राजिरोटी खोस्ने र प्रतिस्पर्धी बजार अनुसार सुनको सुलभ दरमा सुनका गरगहना उपयोग गर्न पाउने उपभोक्ताको अधिकार हनन् नगर्न हामी यहाँ मार्फत आग्रह गदछौं । यस किसिमको अव्यवहारिक तरिकाले गरिएको भन्सार वृद्धिको निर्णय सच्याउन माननीय मन्त्री ज्युको तर्फबाट निर्णायक पहल कदमी हुने अपेक्षा हामीले गरेका छौं ।