हेटौंडा / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)  मकवानपुरले  पार्टीको आठौं स्थापना दिवको अवसर पारेर विभिन्न कार्यक्रम गरेको छ ।
हेटौंडामा बुधबार पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया गरेको हो ।
यसैविच भेटघाट कार्यक्रममा स्थापना भएको आठौँ वर्ष सम्मको बारेमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले जानकारी दिए ।
पार्टीका तर्फबाट जनताकालागि गरिने कामको विषयमा अवगत गराउदै भावी रणनीति र आगामी योजनाबारे बताए ।
पत्रकारहरुसंगको भेटघाटमा संगठन विस्तारलगायत जिल्ला अधिवेशन हुँदै आगामी माघसम्ममा केन्द्रीय महाधिवेशन गर्ने लक्ष्य अघि सारिएको सदस्य सिंखडाले बताएका हुन् ।

यसैविच हेटौंडा–४ स्थित हुप्राचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रम समेत गरेको छ ।
पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती तेजको सभाअध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीमा आवद्ध हरिहर खतिवडा, लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी