हेटौंडा  /  नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’  जेठ ३२ गतेदेखि प्रर्दशन हुने भ एको छ ।
२०८० भित्रमा रिलिज गर्ने योजना रहेको भन्दै २०८० बैशाख १५ गते शुक्रबार OSR Digitalयुट्युव च्यानलमा चलचित्रको अफिसियल ट्रेलर १ सार्वजनिक भएको थियो ।

साउथ इन्डियन शैलीमै साउथकै टिमबाट निर्माण भएको  फिल्मको ट्रेलर सार्वजनिक भएपछि थ्रिलर जनरामा बनेको पहिलो नेपाली फिल्म भन्दै  सबैको चासो बनेको थियो ।

ट्रेलर सार्वजनिक भएको केही दिनअगाडि सार्वजनिक फिल्मको फस्टलुकको चर्चासँगै निर्माण युनिटले ट्रेलर ल्याएपछि दोस्रो ट्रेलरमा प्रदर्शन मिति खुलाइने जनाएको थियो ।

सोहीक्रममा २०८१ जेठ १० गते ओएसआर डिजिटल युट्युव च्यानल मार्फतै ‘बाटो स् रोड टु डेथ’ को ट्रेलर २ सार्वजनिक भइसकेको छ ।

ग्याङस्टर फिल्मको कथावस्तु एक हत्याको घटनाको वरपर घुमेको देखिएको छ ।
ट्रेलरमा देखिए अनुसार साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको र चिकित्सा पेशामा आबद्ध एक युवतीले बाटोमा भोग्नुपरेको भयानक घटनामा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा अशान्त शर्मा, मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारतीय, उत्पल झा, पशुपति राई र विजय ताम्राकार लगायत कलाकारहरुको  अभिनय रहेको छ ।
भारतको तमिल उद्योग चेन्नईमा काम गर्दै आएका निर्देशक मदन थापा र छायाकार शरण ऋषि रहेका छन् भने निर्माता चन्दन झा रहेका छन् । फिल्मको प्रदर्शन मिति पक्का भएपछि चलचित्रले दर्शकहरुको साथ पाउने निर्माण पक्षको विश्वास छ ।

काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा गरिएको हो ।
्काठमाडौंसँगै उदयपुरको गाईघाटमा छायांकन भएको र डब्बी एटमस साउन्ड सिस्टममा पहिलो पटक नेपाली फिल्म तयार भएसंगै एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । अग्रिम टिकट बुकिङ्ग गर्न संपर्क नम्बर 057-520949