हेटौंडा / विश्व वातावरण दिवस २०८१ को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज शुक्रबार फोहोर खोज चुनौती प्रतियोगिता र प्लास्टिक जन्य सामग्रीको विक्रि वितरण नगर्न सचेतना अभियान चलेको छ ।
विश्व वातावरण दिवसको अवसरमा समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन अन्तरगर्त १ हजार केजीभन्दा बढी फोहोर प्लाष्टिक संकलन गरी व्यवस्थापन गरेको छ ।

५२ औं विश्व वातावरण दिवसलाई टोल विकास नगर समन्वय समितिको आयोजनामा बिहीबार देखि बुधबार सम्म गरिने सप्ताहव्यापीकार्यक्रमको तालिका अनुसारै समितिले पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो । दोस्रो दिनमा हेटौंडा – १० वन विज्ञान अध्ययन संस्थानको गेटदेखि सुरु भएको फोहो खोज चुनौती प्रतियोगिता बसपार्क क्षेत्रमा गएर समापन भएको हो ।

कार्यक्रममा विकास मगर र अनिसा राना मगरको समूह प्रथम राजकुमार सापकोटा र रिना सापकोटाको समूह दोस्रो, अरुणा भन्डारी र प्रमिला चालिसेको समूह तेस्रो भएको थियो । त्यस्तै सञ्जय सिग्देल र निश्चल भट्टको समूह र स्तोत्र लामिछाने र मन्दिप हुमागार्इँको समूहले सान्त्वना स्थान हासिल गरेको हो ।
विजयी समूहहरुलाई क्रमश १० हजार, ५ हजार, ३ हजार र २ र२ हजार रुपैयाँ नगद पुरस्कार एवम् प्रमाणपत्र समापन कार्यक्रमको दिन प्रदान गरिने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए ।

त्यस्तेगरि शनिबार नगरभित्रका टोल विकास संस्थाहरुमा बिहान सफा हेटौंडा अभियान अन्तर्गत सरसफाइन कार्यक्रम र दिउँसो वनविज्ञान क्याम्पसमा नगर प्रमुख र उपप्रमुखसँग बाल बालिका कार्यक्रम संचालन हुने अध्यक्ष अधिकारीले बताए ।

आइतबार दिउँसो हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगितागरिने अध्यक्ष अधिकारीले बताएका हुन् ।  सोमबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरबाट हेटौंडा उपमहानगरपालिकासम्म वातावरण सम्बन्धी सचेतना मुलक साइकल ¥याली तथा सम्मान कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताए ।

मंगलबार बिहान मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा गर्ने बताउनुहुँदै दिउँसो खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम बुधबार बिहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र वातावरण सचेतना सम्बन्धी र्यालीले सहित नगर परिक्रमा गर्ने जानकरी दिएका हुन् ।

सफल पार्न टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसँग समन्वय गरिएको अध्यक्ष अधिकारीले बताएका हुन् ।
.शुक्रबार आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपलिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, विष्णु ढुङ्गाना, शान्ति श्रेष्ठ, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव एवम् कार्यक्रम संयोजक चन्द्रावती पनेरु, पुन्यवती घिमीरे, हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो।

 

रातो समाचार संवाददाता
थप जानकारी