हेटौंडा । विश्व वातावरण दिवस २०८१ को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सप्ताहव्यापी कार्यक्रममा पहिलो दिनआज बिहिबार २४ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा–१९ बस्तीपुरमा आयोजित टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडाका अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरु गर्न आग्रह गरेका द्धन् ।

५२ औं विश्व वातावरणलाई टोल विकास नगर समन्वय समितिको आयोजनामा बिहीबार देखि बुधबार सम्म गरिने सप्ताहव्यापीकार्यक्रमको तालिका अनुसारै १८ गते शुक्रबार विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म शुक्रबार फरेष्ट्री गेटबाट बसपार्क सम्म प्लाष्टिक जन्य सामाग्री विक्री नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी बताए ।

शनिबार नगरभित्रका टोल विकास संस्थाहरुमा बिहान सफा हेटौंडा अभियान अन्तर्गत सरसफाइन कार्यक्रम र दिउँसो वनविज्ञान क्याम्पसमा नगर प्रमुख र उपप्रमुखसँग बाल बालिका कार्यक्रम संचालन हुने अध्यक्ष अधिकारीले बताए ।

आइतबार दिउँसो हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगितागरिने अध्यक्ष अधिकारीले बताएका हुन् ।

त्यस्तैगरि सोमबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरबाट हेटौंडा उपमहानगरपालिकासम्म वातावरण सम्बन्धी सचेतना मुलक साइकल ¥याली तथा सम्मान कार्यक्रम गरिने बताए ।

हुने उनले बताए । मंगलबार बिहान मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा गर्ने बताउनुहुँदै दिउँसो खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम बुधबार बिहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र वातावरण सचेतना सम्बन्धी र्यालीले सहित नगर परिक्रमा गर्ने जानकरी दिएका हुन् ।

सफल पार्न टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसँग समन्वय गरिएको बताएका हुन् ।

कार्यक्रमा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो ।