कृष्ण सेन ‘इच्छुक’ पत्रकार एबंम् साहित्यकार महान सहिद कृष्ण सेन ईचछुकको बिक्रम संबत वि.सं. २०१३ साल कार्तिक ३ गते बुबा यमबहादुर सेन र माता भीम कुमारी सेनको कोखबाट भारतको देहरादुनमा जन्म भएकोे हो । आज २२ औं स्मृति दिवसको अवसरमा बिभन्न स्थानमा यनको सम्झनामा कार्यक्रमहरु गरिदैछ ।

समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका साहित्यकार पत्रकार शहिद इच्छुक साम्यवादी चिन्तनप्रति अटुट आस्था र विश्वासका साथ अघि बढेका क्रान्तिकारी योद्धा हुन ।

माक्र्सवाद–लेनिनवाद–माओवाद प्रचण्डपथ सैद्धान्तिक एवम् वैचारिक धरातलमा सधै प्रतिबद्ध भएर वर्षौवर्षदेखि सामन्ती शोषणबाट राष्ट्र र जनतालाई मुक्त गराएर समुन्नत, सुन्दर प्रगतिशील समाजको सिर्जना नै लक्ष्य राखेर अगि बढेका हुन ।

तल्लो वर्गको हक अधिकारका लागि आवाज उठाउने र जुझारु जनपत्रकार क्रान्तिकारी योद्धा

अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्ष, अ.ने.रा.स्व.वियु. केन्द्रीय समितिको संयोजक, नेकपा (माओवादी) क्षेत्रीय व्यूरो सदस्य, प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ केन्द्रीय पार्षद्, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघको सदस्यको जिम्मेवारी निभएका इच्छुक तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक रहेका थिए ।

कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतको सम्पादन गरेका हुन् भने साहित्य सन्ध्या २०५७, पारिजात सिर्जनशील साहित्य पुरस्कार २०५९, कृष्णमणि साहित्य पुरस्कार २०५९, प्रगतिशील साहित्य पुरस्कार २०६१, मरणोपरान्त प्रेस सेनानी पुरस्कार २०६५, हात पारेका छन् ।

उनले समाजकै लागि भनेर शोकाञ्जली २०४८ , इतिहासको यस घडिमा २०५५, बन्दी र चन्द्रागिरि २०५७ मा यत्कृष्ट कृतिहरु प्रकाशित गरेर छाडेका छन् ।

०३५, ३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी सेनमा पार्टी सदस्यता लिएर सङ्गठनमा क्रियाशील हुन थालेपछि त्यतिबेला पार्टी भूमिगत हुनाले पार्टीका क्रियाकलापहरू पनि भूमिगत नै हुन्थे । खुला गतिविधि गर्ने माध्यमका रुपमा रहेका जनवर्गीय सङ्गठनहरूले पनि खुला रूपले काम गर्न पाउँदैनथे । तर पनि साहासका साथ काम गर्ने भन्दै अघि सरिरहे ।

०३६ सालमा जनमत सङग्रहको घोषणापछि राजनीतिक परिवेश अलिकति सहज बनेको थियो । यसकै सापेक्षतामा अभिव्यक्ति स्वतन्त्रता पनि केही खुकुलो भयो । जनमत सङग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाले जितेको घोषणा गरियो । ०३८ सालमा चौथौ महाधिवेशनले पञ्चायती आम चुनावलाई बहिष्कार गर्यो । बहिष्कार अभियानमा विद्यार्थी मोर्चाबाट सक्रिय सेन प्रशासनको तारो बनिसकेका थिए ।
तात्कालीन अनेरास्ववियु छैटौं को संयोजक भएर विद्यार्थी मोर्चा सम्हालेका इच्छुक अखिल नेपाल जनसांस्कृतिक संघको संयोजक र अध्यक्ष भएर सांस्कृतिक मोर्चामा क्रियाशील भएर पार्टी विभाजनको क्रममा उनी नेकपा मशाल र एकता केन्द्र हुँदै माओवादीसँग आबद्ध भएका थिए । ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य थिए । एक पटक उनी मानवअधिकारवादी संस्था ‘जनअधिकार सरोकार अभियान’का केन्द्रीय सदस्य समेत भएका थिए ।

उनको जेल यात्रालाइ हेर्ने हो भने उनी ०३९ सालमा क्याम्पसबाटै पक्राउ परेका थिए ।

०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा छ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा राजविराजमा २ वर्ष गरी नौ वर्षसम्म जेल जिवन बिताएका थिए ।
०५२ सालमा जनयुद्ध सुरु भएपछि उनको साङ्गठनिक जीवन अरु कठिन बनेको थियो ।
०५६ पुष १९ गते ललितपुर जिल्लाको भट्टे डाँडाको प्रहरी चौकीमाथि माओवादी आक्रमण भएको समाचार प्रकाशित गरेपछि इच्छुकलाई लाई पक्राउ वारेन्टसमेत जारी गरियो ।

सङ्कटकालका बेला ०५९ साल जेठ ६ भन काठमाडौँबाट धोकापूर्ण ढङ्गबाट इच्छुक समातिएका थिए । ७ दिनपछि अर्थात् ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा मै चरम यातनाका कारण इच्छुक को मृत्यु भएको थियो ।

इच्छुकको हत्या गरियो र हत्याको घटनालाई सरकारले बाहिर ल्याएन भन्दै केही आवाजहरु उठेको थियो ।
कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १–३, कवि इच्छुक कविताका सन्दर्भमा, आस्था र निष्ठाका सतिसाल इच्छुक शहादतपछि प्रकाशित कृतिहरु रहेका छन् ।
‘इच्छुक’ साम्यवादी आदर्शका निष्ठावान् कवि राष्ट्र र जनताका प्रतिभा खुला पुस्तक आदर्शवाद व्यक्तीका रुपमा सधै परिचित छन् ।