बागमती प्रदेशको राजधानी हेटौंडामा क्यालिबर एकेडेमिक एण्ड करिअर एसोसिएट्सले कार्यालय बिस्तार गरेको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वका सय भन्दा बढी देशमा रहेका कजेज तथा विश्वविद्यालयमा विद्यार्थी अध्ययनका लागि पठाइरहेको र सोही क्रमसंगै जेठ १ गतेदेखि सञ्चालनमा ल्याइएको बताइएको हो ।
विशेषगरी प्लस टु पुरा गरेर क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीृका लागि उत्कृष्ट कन्सल्टेन्सीका रुपमा क्यालिबर रहने
क्यालिबर एकेडेमिकमा कार्यरत अफिसर सानु पौडेलले बताइन् ।

विगत ५ वर्षदेखि नेपालमा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा तयारी कक्षा सञ्चालन गर्दै आएको र हेटौंडामा कार्यालय स्थापना गरिएसंगै सबैको चाहाना अनुसार काम गरिने पौडेलले बताइन् ।