मकवानपुर घर जग्गा व्यवासायी संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

व्यववासायी संघले पहिलो बिशेष वार्षिक साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रममाको आयोजना गरेको संघका अध्यक्ष कमलराज मैनालीले बताए ।

संघका अध्यक्ष कमलराज मैनालीलीको सभाध्यक्षता पत्रकार महासंघका मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जिवन दानको मुलनारालाई मध्यनजर गर्दै वार्षिक साधारणसभाको अवसरमा रक्त आवाश्यकका लागि निकै महत्वपुण हुने भएकाले कार्यक्रम गरिएको संघका अध्यक्ष कमलराज मैनालीले बताए ।

हेटौंडा -२ स्थित कार्यलय परिसरमै आयोजित कार्यक्रममा प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, मकवानपुर अद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, घर जग्गा व्यवासायी संघका प्रतिनीधि, व्यवसायीहरु लगायतको उपस्थितिमा रक्तदान गरिएको हो ।