जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगर -१५ रातोमाटेबाट मंगलबार राति दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युवराज प्रजालाई नियन्त्रमा लिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

भण्डारीले दिएको जानकारी अननुसार इलाका प्रहरी पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले टोलीले ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई चेकजाँच गरेको हो ।

सोही क्रममा मोटरसाइकलमा सवार रहेकाहरुको मोबाईलका माध्यमले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप भ्यानमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएपछि चेकजाँचको लागि रोक्न खोज्दा भित्री सडकबाट भाग्ने क्रममा बिक्रम चौक नजिक पिकअप गाडी छाडी चालक फरार भएका हुन् ।

सो भ्यान चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध ७० किलो गाँजा बरामद भएको डिएसपी भण्डारीले बताए ।

पिकअप गाडीमा फेला परेको लागूऔषध गाँजा ७० किलो सहित २ सहित पिकअप भ्यान नियन्त्रणमा रहेको रथप अनुसन्धान कार्य जारी रहेको जिल्ला पूहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको जनाएको छ ।