हेटौंडा उपमहानगरमा आइतबार मध्यरात एक घुमुवा प्रहरीले नशाको तालमा उत्पात मच्चाएको आरोप लागेको छ ।
प्रहरीका कारणै एकबिरामी महिलाको मृत्यु भएको समेत बताइएको छ ।

भिडियो

Rammani Neupane

   Facebook- बाट

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएर बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर बबाल गरेको आरोप छ ।

मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–१ घर भएकी मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै गरेको अवस्थामा घुमुवा प्रहरी सहायक हबल्दारले उत्पात मच्चाएको आरोप लागेको हो ।

परिवारले घरतर्फ लैजाँदै गरेको अवस्थामा रानी दरबार अगाडि मेनरोडमै काठमाडौंबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमा बिरामीको परिवार चढ्नै लाग्दा आइतबार राती करिब १२ बजेको समयमा सहायक प्रहरी हबल्दार शिवाकोटी आएर एम्बुलेन्सको चाबी थुतेर चालकमाथि हातपात समेत गरेको बिरामी महिलाको छोरा लालबहादुर वाइवाले बताए ।

प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर राख्दा बिरामी महिलाको मृत्यु भएको वाइवाले बताएका हुन् ।

प्रहरी भएको कुनै जानकारी नदिएर अमानविय व्यवाहार गरेको र मादक पर्दाथ समेत सेवन गरेका प्रहरीसंगको विवादमा घटनास्थलमा प्रहरी आई बिरामी परिवारका ५ जनालाई हिरासतमा राखिएको बताए ।