जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध मदिारासहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि हेटौंडा–१५स्थित रातोमाटेमा चेकजाँच गर्नेक्रममा ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित भन्सार छली ल्याइएको आरोपमा ५जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पर्नेहरुमा भारतको पश्चिमी दिल्ली बस्ने २७ वर्षका विक्की, २५ वर्षका राहुल, २८ वर्षका कुनाल, ३१ वर्षका नहिम र ३७ वर्षका राजु रहेका जिल्ला प्रहरी मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीले जानकारी दिए अनुसार असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनिहरुको साथबाट भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको छ।

बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको हो ।

……………………..

निम्न :
१. DL2CAK1390 नं.को भारतिय कारको चालक : देश भारत कलोनी रघुबिर नगर सुवाष नगर पश्चिमी दिल्ली बस्ने बर्ष २७ को बिक्की
२. ऐ.गाडीमा सवार देश भारत D-829/12/5 गज रघुबिर नगर टैगोर गर्डन स.ओ.बेष्ट पश्चिमी दिल्ली बस्ने बर्ष २५ को राहुल ।
३. DL2CAK7273 नं.को भारतिय कारको चालक : देश भारत याद राम बी ७२१ जे.जे.कलोनी बक्करवाला पश्चिमी दिल्ली बस्ने बर्ष २८ को कुनाल
४. ऐ.गाडीमा सवार देश भारत HMP – 12/5 wards 283 रघुबिर नगर टैगोर गार्डन पश्चिमी दिल्ली बस्ने बर्ष ३१ को नहिम
५. ऐ.गाडीमा सवार देश भारत हांट मिक्स एचएमपी 12.5 गज रघुबिर नगर टैगेर गार्डन पश्चिमी दिल्ली बस्ने बर्ष ३७ को राजु ।