मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारीमा आएका एसपी सिताराम रिजालले मकवानजपुर बिभिन्न घटनासंगै लागूऔषधको े घटना बढ्दा पाइएको बताएका छन् ।

 

उनले साउन १४ गते मकवानपुरको नेतृत्व  लिएको र मंगलबार  पत्रकार सम्मेलन गदै लागूऔषधलाई तत्काल नियन्त्रण गर्नुपर्ने अवस्था रहेको र त्यो संगै आत्महत्याको घटना पनि रोक्नपर्ने पाइएको प्रहरी प्रमुख रिजालले बताएका हुन् ।

मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमको अनिवार्य अवकास भएपछि प्रहरी प्रधान कार्यालयले रिजाललाई मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि काठमाडौं प्रहरी परिसरको प्रवक्ता रहेका रिजाल मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारमिा आएका आएका हुन् ।