मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ ।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण र  वातावरण हरियाली बनाउन नरिवल खेती गर्न लागिएको पालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० नरिवलको बिरुवा रोपण गरिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए। ु

गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्था नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख अनुसार योजना सारिएको बताए ।