मकवानपुरको पश्चिम क्षेत्र मनहरी गाउँपालिकामा तीनवटा पक्की पुलको शनिबार उद्घाटन भएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीद्धारा नव निर्मित पक्की पुलको ले संयुक्त रूपमा  उद्घाटन गरेका हुन्।

पालिका अन्तरगर्त  वडा नम्बर १ र २ जोड्ने च्यापल खोला पुल, वडा नम्बर ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नम्बर ४ र ५ जोड्ने ट्वांग्राखोला पुलको उद्घाटन गरिएको हो।

लागि करिब २० करोड रुपैयाँ खर्च लागत रहेको र  १, २ नम्बर जोड्ने च्यापल खोल पुल ट्रिपल स्पानको ९७ मिटर लामो रहेको पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको जनाइएको छ ।

त्यस्तै गरि  मनहरीको ३ र ४ नम्बर वडालाई जोड्न बनाइएको ६४.१५ मिटर लम्बाइको मसिने खोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष रञ्जन कालाखेतीले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७–७८ मा आन्तरिक स्रोतबाट पाँचवटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिँदै कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेकोमा तीनवटा पुलको निर्माण कार्य सम्पन्न भएको बताए। बाँकी दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनले बताएका हुन्।

अध्यक्ष कालाखेतीले बताए अनुसार  हिराचन बानियाँ जेभीले तीनवटै पुलको निर्माण गरेको हो भने ठाडोखोलामा बनिरहेको पुलको निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ।

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरेको र निर्माणाधीन अवस्थामा रहेका बाँकी दुईवटा पुलको निर्माण कार्य छिट्टै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आवश्यक सहयोगका साथै दबाब समेत दिइरहेको अध्यक्ष कालाखेतीले बताए।