मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवती महिला लक्षित कार्यक्रमको सुरुवात गरेको छ ।

गाउँपालिका अन्तरगर्त   स्वास्थ्य शाखालाई भिडियो एक्स रे मेसिन हस्तान्तरण गरी वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन पालिकाद्धारा निर्देशन जारी गरिएको हो ।

भिडियो एक्स रे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकीबाट निःशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखाले जानाएको छ  ।

गर्भवती जस्तो कष्टकर अवस्थामा विपन्न महिलाहरुले  सदरमुकामसम्म पुग्नु पर्ने अवस्थामा अब सेवाका लागि सहज हुने विश्वास रहेको अध्यक्ष रञ्जन कालाखेतीले बताए ।

गाउँपालिकाले गर्भवती महिलाहरुलाई पूर्ण संस्थागत सुत्केरी सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको र सुत्केरीका लागि नियमित जाँच गरेबापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको बताए ।