जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध नष्ट गरेको छ।
जिल्ला प्रहरी मकवानपुरको नेतृत्वमा खटिएको प्रहरीले चेकजांच गर्ने क्रममा बरामद गरेको लागुऔषध नष्ट गरेको डिएसपी लक्ष्मी भण्डारीले बताए।

डिएसपी लक्ष्मी भण्डारीले बताए अनुसार बिभिन्न समय र स्थानबाट बरामद गरेको लागुऔषध शनिबार दिउँसो हेटौंडा -१० स्थित राप्ती खोलाको किनारमा नष्ट गरेको हो ।

उनका अनुसार १ हजार ३९ किलोग्राम लागुऔषध गाँजा, २सय ५ ग्राम चरेस, १ हजार ४१ ट्यावलेट नाईट्राभेट र ३ ग्राम ७सय ४० मिली ग्राम खैरोहेरोईन जलाएर नष्ट गरेको हो ।