रोशन दिप – राष्ट्रिय वृक्षा रोपण दिवश २०८१ को अवसर पारेर नेपाल युवा परिषद् , एनसेल र एफएओ नेपालको संयुक्त आयोजनामा वृहत वृक्षा रोपणको “वन युथ वन प्लान्ट” नामक एक हप्ते अभियान देशैभर भइरहेको छ ।

जलवायु परिवर्तनका असरहरू बढ्दै गएको कारण वातावरणमा असन्तुलन आएर विभिन्न खाल्का प्राकृतीक जोखम बढ्न सक्ने बताउँदै वातावरण संरक्षणको महत्वका बारे जनचेतना फैल्याउँदै उक्त कार्यक्रम गरिदैँ छ ।

असार १४ गते शुुक्रबार देखि सुरु भएको अभियान पर्सी शुुक्रबार सम्म हुुने बताइएको छ । अभियानमा ७७ जिल्लाका ७७०० युवाहरुले ७७०० वटा वृक्ष रोपण गर्नुुपर्ने बताइएको छ।

मकवानपुर जिल्लामा सो अभियान को जिम्मेवारी फोरेष्ट्री युथ नेटवर्कलाई दिइएको छ।

जिम्मेवारी प्राप्त भए अनुसार फोरेष्ट्री युथ नेटवर्कले श्रमिक माध्यमिक विद्यालय र भूटनदेवी माध्यमिक विद्यालयमा वृक्ष रोपणको महत्त्व र यसमा कसरी सहभागी हुन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराई विद्यालय परिसरहरुमा वृक्ष रोपण गरेको हो।

त्यस्तै श्रमीक पार्क, वन विज्ञान संकाय परिसर, र नेपाल विद्युत प्राधिकरणको परिसरमा गरी १०० जना युवाहरुले १०० ओटा बिरुवा रोपिसकेका छन्।

फरेष्ट्री युथ नेटवर्कका संयोजक सौगात भट्टराईले अभियानका लागि बिरुवा लगायत अन्य सहयोग प्रदान गरिदिने डिभिजन वन कार्यालय हेटौडा, मकवानपुरलाई धन्यवाद दिँदै सो अभियानलाई देशव्यापी रुपमा चलाउने नेपाल युवा परिषदलाई र अभियानमा सहभागी हुने सम्पूर्ण युवाहरुलाई आभार समेत व्यक्त गरेका छन् ।