हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु-कुहिरो लागेको छ।

आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

आगामी २४ घण्टामा देशका तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

नागरिकबाट सभारछ ।