मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मुलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिने प्रचलन छ । पर्वको पहिलो दिन नुहाइ चोखो खाना खाएर पर्व सुरु गरिन्छ। अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिँदै भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि सम्पन्न हुनेछ।

जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लाग्ने गर्दछ ।

धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।

नागरिक न्युजबाट साभार छ ।